• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एकैदिन १२४ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार एकै दिन नेपालमा १ सय २४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका हुन्।

दैनिक संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै सोमबार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। चैतको पहिलो हप्तासम्म निकै न्यून रहेको संक्रमणदर नेपालमा पछिल्लो डेढ हप्ता देखि उकालो लागेको छ।

सक्रिय संक्रमितमध्ये हाल २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। १० जना संक्रमितको आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।