जबरजस्ती करणी गरेको आरोपमा झापाबाट एकजना पक्राउ

काठमाडौं । बलात्कार आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति पक्राउ गरिएको जिप्रका झापाले जनाएको छ ।

भुजेलले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१