
काठमाडौं । भारतीय अभिनेता मोहनलालले ५ करोड भारूको रेन्ज रोवर अटोबायोग्राफी कार किनेका छन् ।
सामाजिक सञ्जालमा उक्त कारको चर्चा भइरहेको छ । सार्वजनिक भिडिओमा मोहनलालले एक शोरूमबाट सेतो रंगको कार लिएको देखिएको छ । उनीसँगै उनकी श्रीमती सुचित्रा पनि देखिएकी छन्
मोहनलाल महंगा कारको सौकिन छन् । उनीसँग ‘मर्सिडिज जीएल ३५०, लम्बोर्गिनी युरूस, टोयोटा भेलफायर’ जस्ता कार कलेक्सन छ । लम्बोर्गिनी युरूसको मूल्य ३ करोड १५ लाख भारू छ ।
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार मोहनलालसँग आधा दर्जन लग्जरी गाडी छ ।
मोहनलाल मलयालम फिल्मका सबैभन्दा महंगा अभिनेता हुन् । उनी एक फिल्मको लागि १ देखि १७ करोड भारू पारिश्रमिक लिन्छन् ।
उनले मलयालम, तमिल, तेलुगू, हिन्दी र कन्नड भाषामा ४०० भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् ।
उनले हालै ‘मलाईकोटाई वालीवान’ फिल्मको छायांकन सकेका छन् ।