चितवन राष्ट्रिय निकुञ्जका एक पोथी र एक भाले गैँडा मृतावस्थामा फेला

काठमाडौै । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे एक पोथी र अर्को भाले गैँडा मृतावस्थामा फेला परेका छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा एक पोथी गैँडा मृतावस्थामा फेला परेको छ ।

अन्दाजी ७ महिनाको उक्त गैँडाको खाग नपलाएको र भाले गैँडाको आक्रमणका कारण मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी निकुञ्जकै माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पनि एक भाले गैडा मृतावस्थामा फेला परेको छ । गैँडाको खाग नपलाएको र बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

यो सँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैँडाको संख्या १६ वटा पुगेको छ ।