भारतमा १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौं । भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् ।

यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो ।

सोमबार ५ हजार ६७६ सङ्क्रमित देखिएका थिए जबकि मंगलबार ७ हजार ८३० सङ्क्रमित भेटिएका थिए ।

योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९९८ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार दैनिक सङ्क्रमण दर ४.४२ प्रतिशत र साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ ।

यसका साथै निको हुने दर ९८.७१ प्रतिशत छ भने मृत्युदर १.१९ प्रतिशत छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१