• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अमेरिकन डलर र युरोसहित त्रिभुवन विमानस्थलबाट १२ जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी र ९ जना नेपाली नागरिकलाई अमेरिकन डलर र युरोसहित पक्राउ गरेको छ ।

दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालय जनाएकाे छ ।

यात्रुको साथबाट ९ सय १७ युरो र ४५ हजार अमेरिकन डलर प्रहरीले बरामद गरेको छ ।

आरोपीहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।