प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’२४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । चर्चित गायक एवम् निर्माता प्रकाश सपूतले बिहीबार सार्वजनिक गरेको ‘सकम्बरी’ २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङ भएको छ ।

बिहीबार उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका गीतले ६ लाख ४९ हजार भ्युज पाएको छ । यो गीत हेरेर/सुनेर करिब ५ हजारले प्रतिक्रिया पनि दिएका छन् ।

नयाँ वर्ष २०८० को पूर्वसन्ध्या सार्वजनिक गीतका शब्द सपूतले नै लेखेका हुन् । त्यस्तै सार्वजनिक गीतमा सपुत र वार्ता गन्धर्वको स्वर रहेको छ भने शब्द संगीत पनि गायक सपुत कै रहेको छ ।

गायक सपुतको यो गीतमा फुलमाया नामको पात्रको सकम्बरी हुदाँसम्मको यात्रालाई प्रस्तुत गरिएको छ ।

गीतमा गायक सपुतसँगै सुनिल थापा र कुसुम शर्मा लगायतको अभिनय रहेको छ ।

गीतले समसामयिक विषयलाई उठाएको छ । गायक सपुतले यसै गीतबाट ‘सकम्बरी’ २ आउने पनि जानकारी गराएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१