• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

शो नपाएपछि फिल्म ‘बुलाकी’ हलबाट फिर्ता लिने निर्माताको घोषणा

काठमाडौं। नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिने भएको छ ।

निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् । प्रदर्शकले फिल्मलाई राम्रो सो नदिएको उनको आरोप छ ।

निर्माता विष्टले सामाजिक सञ्जालमा दर्शकसँग क्षमा माग्दै लेखेका छन् ‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौँ ,सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरी जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौँ ।’

लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्का लगायतको मुख्य अभिनय रहेको छ । फिल्मले कर्णाली भेगको जारी प्रथा कथावस्तुको रूपमा उठाएको छ ।