• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मलेसियाद्धारा नेपाललाई २ सय ३६ रनको लक्ष्य

  • २०८० वैशाख ५, मङ्गलबार ०६:५४

काठमाडौं । मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गरेको थियो ।

नेपालका लागि सोम्पाल र सन्दिपले ३/३ विकेट, ललित नारायण राजवंशीले २ विकेट, गुलशनले १  विकेट लिए ।

मलेसियाले पूरा ओभर खेल्दा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । मलेसियाका कप्तान अहमद फैज राम्रो पारी खेले । उनले ९५ बलमा एउटा छक्का र आठवटा चौका प्रहार गदैं ७६ रन बनाए । फैजलाई नेपाली स्पिनर सन्दिप लामिछानेले क्याच आउट गराए । कप्तान फैज र र विरनदीप सिंहको शतकीय साझेदारी सन्दिपले तोडेका थिए । यस्तै सन्दिपले स्हजुर इडरुसलाई १३ बलमा २१ रन बनाउँदा आउट पारे । मोहमद साहदँतले २० बलमा १५ रन हाने । उनलाई पनि सन्दिपले आउट गरे ।

यस्तै सोम्पाल कामीले सहेद अजिजलाई १४ बलमा १३ रन, खिजार हायत २५ बलमा २२ रन बनाएर खेल्दा क्याच आउट पारे । भने फितिर सामलाई १ बलमा बोल्ड गरे ।

ललित नारायण राजवंशीले विरनदीप सिंह र विजय युन्नीको विकेट लिए । सिंहले ९४ बलमा ४६ रन र युन्नीले १९ बलमा १२ रन जोडे ।
गुलशन झाले मुहमद अमिरलाई १८ बलमा १७ रन दिएर आउट गरे ।

मोहमद साहदँतले नटआउट १ बलमा १ रन हाने ।

 

 

  • २०८० वैशाख ५, मङ्गलबार ०६:५४