वैशाख ७ गते ६ घण्टा त्रिभुवन विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध हुने

काठमाडौ‌ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले वैशाख ७ गते बिहिबारका दिन बिहान १ देखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुनेछ ।

विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनैपनि आन्तरिकरअन्तर्राष्ट्रिय वायुयान उडानरअवतरण नहुने टीआईएले जनाएको छ । यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१