सिन्धुलीको चियाबारीमा आगलागी हुदाँ १ करोड १६ लाख क्षति

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा आगलागी भएको छ । चियाबारीस्थित राजकुमार श्रेष्ठको घरमा सञ्चालित किराना पसलबाट सल्केको आगो अन्य होटल र टहरामा फैलिँदा ठूलो क्षति भएको छ ।

आगलागीबाट करिब १ करोड १६ लाख बराबरको क्षति भएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय राजकुमार श्रेष्ठको घर, कौशल थापाले सञ्चालन गरेको होटल, योगबहादुर थापाले संचालन गरेको होटल र गंगाबहादुर थापाको होटल जलेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१