
काठमाडौं । ३५ वर्षका कन्नड अभिनेता सम्पथ जे रामको अचानक मृत्यु भएको छ । २२ अप्रिलमा शव उनको नेलामंगलास्थित घरमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनले आत्महत्या गरेको आशंका जताएका छन् ।
सम्पथ काम नपाएका कारण चिन्तामा थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ । मृत्युको कारणबारे परिवारले अहिलेसम्म कुनै बयान जारी गरेको छैन । नेलामंगलाका एक निजी अस्पतालमा उनलाई लगिएको थियो । त्यसपछि उनको पार्थिव शरीरलाई उनको गाउँमा लगियो ।
भारतीय सञ्चार माध्यमका अनुसार अभिनेताको एक वर्ष अघि मात्रै विवाह भएको थियो । सम्पथले ‘अग्निसाक्षी’ का साथै फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा काम गरेका थिए । उनीसँगै काम गरिसकेका अभिनेता विजय सूर्या र राजेश ध्रुवले सम्पथको मृत्युमा शोक व्यक्त गरेका छन् ।