सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला २ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१