• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

‘प्रसाद २’ प्रिमियरमा सकारात्मक प्रतिक्रिया

काठमाडौं । आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ काे सोमबार कमलपोखरी स्थित बिगमुभिजमा प्रिमियर गरिएको छ ।

प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । प्रिमियरमा सहभागी धेरैले कलाकारको अभिनयको तारिफ गर्दा कतिपयले पटकथा र प्रस्तुतीकरणमा समस्या देखाए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक नरेश पौडेल, ज्ञानेन्द्र देउजा, प्रदीप भट्टराई, निर्माता कलाकार निर्मल शर्मा, रवीन्द्र सिंह बानिया, अभिनेत्री रेखा थापा, निर्देशक दिनेश डिसी, शोभित बस्नेत लगायत थुप्रै फिल्मकर्मी र रंगपत्रकारको प्रिमियरमा बाक्लो उपस्थिति रहेको थियो ।

पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत तथा ब्याग्राउन्ड स्कोर रहेको छ । फिल्मका निर्माता सुवास थापा हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्देशक सुदर्शन थापा हरेक जनराका फिल्म उत्कृष्ट बनाउन सक्ने भन्दै ‘प्रसाद २’ राम्रो भएको प्रतिक्रिया दिए । अभिनेत्री रेखा थापाले पनि निर्देशक थापाको कामको प्रशंसा गरिन् । उनले आफू निर्देशक सुदर्शन थापाको कामको सधैँ नै फ्यान भएको बताइन् ।

निर्देशक शोभित बस्नेत कलाकार अर्पण थापाको अभिनयको तारिफ गरे । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतको अभिनय छ । फिल्म सुवास थापाले निर्माण गरेका हुन् ।