
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको हो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भएको थियो ।