पौने १० अर्ब रुपैयाँ लगानी थप्दै डाबर नेपाल

काठमाडौं । डाबर नेपालले नेपालमा पौने १० अर्ब रुपैयाँ लगानी थप्ने पक्का भएको छ ।

लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरे ।

कम्पनीले क्षमता अभिवृद्धि तथा लगानी विविधीकरण सम्बन्धी परियोजना प्रस्ताव अनुसार ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१