
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँ घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।