सुन–चाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँ बढेको हो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१