
काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर ४ घर भई हाल काठमाडौंमा बस्दै आएका २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।
उनलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
रेग्मीले अमृता गुरुङलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै पटकपटक गरी ३० लाख लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि रेग्मीलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।