काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनल खेल पुन: वर्षाका कारण राेकिएकाे छ । यसअघि पनि वर्षाले राेकेकाे खेल पुन: सुरु भएकाे थियाे ।
जारी खेलमा २७ दशमलव ३ ओभरमा युएईले ९ विकेट गुमाएर १ सय ६ रन बनाएकाे छ ।
आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।
नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।