‘सकम्बरी’ले दुई सातामै युट्युबमा पायो २ करोड ‘भ्यूज’

काठमाडौं । एकपछि अर्को सिर्जनामार्फत दर्शक, स्रोताको मन जितिरहेका गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘सकम्बरी’ युट्युब ट्रेन्डिङ १ मा छ ।

गत बिहीबार प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियो ‘सकम्बरी’ले दुई सातामै युट्युबमा २ करोड ‘भ्यूज’ पाएको छ ।

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै वर्ता गन्दर्भ पनि साथ दिएकी छन्। आफ्ना सिर्जनामा निकै मिहेनत गर्ने प्रकाशले त्यसमार्फत खास सन्देश प्रवाह गर्ने गरेका छन् ।

नयाँ म्युजिक भिडियोमा छोरीमाथिको विभेद अनि कलाकार बन्न चाहेकी विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको छ ।

गीतको सिर्जना र कला पक्षमाथि तर्करप्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ ।

गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१