बझाङ र दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका बेपत्ता

काठमाडौं । बझाङ र दार्चुलामा हिमपहिरो गएको छ । जसका कारण केहि मानिस पुरिएर बेपत्ता भएका छन् ।

बझाङको सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

मंगलबार दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१