
काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।
शनिबार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो । यो फिल्म ७ सेप्टेम्बर अर्थात भदौ २१ गतेदेखि प्रदर्शन हुनेछ । यसअघि फिल्म २ जुन अर्थात जेठ १९ गतेदेखि प्रदर्शन हुने भनिएको थियो ।
यो फिल्मले सेप्टेम्बरलाई प्रदर्शन मिति तय गरेसँगै अन्य बलिउड फिल्मलाई असर पारेको बलिउड फिल्मकर्मीको गुनासो छ ।
यो प्यान इन्डिया फिल्म हो । एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूख खानसँगै नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रालगायत कलाकारको अभिनय रहने छ ।
यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।