• २०८३ असार २७
  • 2026 July 11, Saturday

अव्यवस्थित तार धमाधम हटाउँदै काठमाडौं महानगर (भिडिओसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार हटाउन थालेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनी जस्ता घटना नियन्त्रणका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागिएको महानगरले जनाएको छ ।

आज महानगरले माइतीघर र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरू काटिरहेको छ ।

प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ

–माइतीघरदेखि एयरपोर्ट

–त्रिपुरेश्वर देखि महाराजगञ्ज

–न्युरोड–वसन्तपुर हुँदै असन

–माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी

–भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी

–डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ

–नक्साल–बालुवाटार हुँदै शीतल निवास

–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी

–लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी

–सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू

–सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला

–गौशाला–बौद्वनाथ

–कालिमाटी–कुलेश्वर हुँदै बल्खु

भिडिओ