
काठमाडौ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ ।