फिल्म ‘वरिष्ठ बलराम’मा मुख्य भूमिकामा खगेन्द्र लामिछाने

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । रोहित अधिकारीको निर्माण रहने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दै छन् । निर्माता अधिकारीले केही दिन अगाडि फिल्मको टिम मात्र सार्वजनिक गरेका थिए ।

अहिले भने नाम सार्वजकि गरिएको हो । सामाजिक बिषय बस्तुमा निर्माण हुने खगेन्द्र लामिछाने र अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझी मुख्य भूमिकामा रहनेछन् । अहिले विदेशमा रहेकी दिब्या फिल्मकै लागि केही समयमा नेपाल आउने बताइन्छ ।

फिल्मको पटकथा समेत खगेन्द्रले नै तयार गरेका छन् । भदौको पहिलो सातादेखि फ्लोरमा जाने फिल्म निर्माता अधिकारीले श्याम कँडेल र ओम अग्रवालसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् । साढे २ करोडको बजेट बताइएको फिल्म काठमाडौं र वीरगञ्जमा छायांकन हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१