आदिपुरुषको ट्रेलरले २१ घण्टा भित्र पायाे ५ करोड १० लाख भ्युज

काठमाडौं । प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुषको बहुप्रतिक्षित ट्रेलर मंगलबार रिलिज भएको छ । रिलिज भएको केही घण्टामै फिल्मको ट्रेलरले आरआरआरको रेकर्ड तोड्न सफल भयो ।

हिन्दी ट्रेलरले  २१ घण्टामा युट्युबमा ५ रोड १० लाख भ्युज पारेको छ । यूभी मोसन पिक्चरद्वारा साझा गरिएको ट्रेलरले तेलुगुमा १ करोडभन्दा बढी भ्यूहरू, तमिल र मलायालममा ३३ लाख र कन्नडमा १७ लाखभन्दा बढी भ्यूहरू प्राप्त गरेको छ । यो सङ्ख्या निरन्तर बढ्दै गएको देखिन्छ ।

यसअघि आरआरआरले २४ घण्टामा कूल ५.११ करोड भ्युज कमाएको थियो । आदिपुरुषले ८ घण्टामा नै सो आँकडा पार गरेको थियो । भ्युजका साथसाथै आदिपुरुषको ट्रेलर लाईकको हिसाबले पनि निकै अगाडि छ । ट्रेलरलाई ५ मिनेटमै १ लाखभन्दा बढीले लाइक गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१