• २०८३ जेठ २२
  • 2026 June 05, Friday

फेसबुकमा साथी बनी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् ।

फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौं कीर्तिपुरका नरेन्द्र केसी पक्राउ परेका हुन् ।

आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिई गएको टोलीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जानकारी दिएको छ ।