• २०८३ जेठ २२
  • 2026 June 05, Friday

तस्बिरमा हेर्नुहाेस् अभिनेत्री आँचल शर्माकाे सिंगापुर घुमघाम

काठमाडौं । अभिनेत्री आँचल शर्माको लागि ‘नाइँ नभन्नु ल’को यात्रा उतारचढावपूर्ण रह्यो ।

आँचलकै शीर्ष भूमिका रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ घरेलु बक्स अफिसमा २५ लाख रुपैयाँ ग्रसमा समेटियो । फिल्मले व्यावसायिक रुपमा आफूलाई स्थापित तुल्याउन सकेन ।

२०७९ सालमा झिंगेदाउमार्फत सफलताको स्वाद चाखेकी आँचलले वैशाख १५ मा रिलिज भएको नाइँ नभन्नु ल ६ असफलताको तीतो स्वाद चाखिन् ।

यो सन्दर्भमा आँचल घुमघाम गर्न सिंगापुर पुगेकी छन् । सिंगापुरको समुन्द्री तटबाट आकर्षक तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘लहरजस्तै रहिरहुन् बेबी ।’ उनको सिंगापुरको होलिडे सेलिब्रेसन र इन्स्टाग्राम स्टाटस नाइँ नभन्नु ल ६ रिलिजपछिको परिस्थितिसँग अर्थपूर्ण छ ।

आफैंले आफूलाई मोटिभेसन दिन खोजेको अर्थको रुपमा उक्त स्टाटसलाई लिन सकिन्छ ।

रातो रङको स्वीमसुटमा हट देखिएकी आँचल फेसन कन्सस अभिनेत्री पनि हुन् । पहिरनलाई समय र मौसम अनुकूल लगाउन उनी खप्पिस छिन् । कामको कुरा गर्दा आँचल अभिनित आगामी फिल्म ‘वर एण्ड वधु’ निर्माणाधीन अवस्थामै छ भने उनले केही फिल्ममा काम गर्ने तयारी गरेकी छन् ।