
हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को तेस्रो सिजन प्रसारणमा आउने भएको छ ।
बिहीबार इएच डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै प्रसारणमा आउने जानकारी दिइएको हो ।
यो टेलिशृंखला जेठ ११ गतेदेखि प्रसारण हुनेछ ।
टिजरमा पारिवारिक बाध्यताका कारण विदेशिनु परेको कथा समेटिएको छ । तर यो टेलिशृंखला कमेडी जनरामै प्रसारण हुनेछ ।
अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन गर्ने टेलिशृंखलामा अर्जुन घिमिरे (पाण्डे), कुमार कट्टेल (जिग्री), सञ्जिता पाण्डे, कबिराज भाम, रश्मी पाण्डे, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल (बले), हरि निरौला (कक्रोज), गोविन्द कोइराला (जयन्ते), मधुसुधन पाठक (सितेबा), प्रियाना आचार्य ( मुन्नी), सितादेवी घिमिरेलगायत कलाकारको अभिनय छ ।
गोकुल अधिकारीले छायांकन गर्ने टेलिशृंखलालाई राजेन्द्र मानन्धरले सम्पादन गर्नेछन् ।
टेलिशृंखला हिमालय टिभी एचडीमा बिहीबार बेलुका ८ बजे प्रसारण हुनेछ ।