बालिकामाथि यौन दुर्व्यवहारकाे आराेपमा मदन राई पक्राउ

काठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो। आफ्नो विद्यालयमा यौन दुर्व्यवहार गरेको समाचार बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यौन दुर्व्यवहारको विषयलाई लिएर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटङले जनाएको छ।

‘आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरू माथि गरेको यौन दुर्व्यवहार’ शीर्षकमा सेतोपाटो अनलाइनले समाचार लेखेको थियो । ७५ वर्षीय मदनले शुभद्रा मदन फाउन्डेसन’ मा बसेर उनले खोटाङमा कृषि विद्यालय सञ्चालन गर्दै आएका थिए ।

मदन राईले दिएका यौनजन्य र अश्लिल अभिव्यक्तिहरु सोसल मिडियामा भाइरल पनि हुने गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१