काठमाडौं । ‘शंका गर्या होइन मैले रिस गर्या होइन’ बोलको गीतकी गायिका जश्मिन श्रेष्ठले नयाँ गीत ‘शुभकामना’ सार्वजनिक गरेकी छन् ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा प्रताप दासको स्वर छ । गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माको अभिनय छ ।
माइकल चन्दको निर्देशन रहेको भिडियो रहेको गीतमा नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।
नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
अभिनेत्री नीता ढुंगानाले ‘शुभकामना’ जस्तो सँधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् ।