• २०८३ जेठ २२
  • 2026 June 05, Friday

टोखामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

शनिबार राति टोखा नगरपालिका-८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरीले जानकारी दिए ।

रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो ।

उनलाई प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले शनिबार राति नै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूबीच झगडा भएको थियो ।