फिल्म ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा गौरव पहारी र नम्रता सापकोटाको नृत्य छ । नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

दिव्य सुवेदीले छायांकन गरेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१