१० महिनामा राजस्व संकलन गत वर्षभन्दा १ खर्बले कम

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कुल राजस्व गत वर्षको सोही अवधिको भन्दा १ खर्बभन्दा बढीले घटेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार १० महिनाको अवधिमा ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ८ खर्ब ६५ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तथ्यांक अनुसार चालु आर्थिक वर्षमा गत वर्षको भन्दा पनि कम राजस्व उठेको छ ।

महालेखा नियन्त्रकका अनुसार गत वर्षको तुलनामा १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो । यो वर्ष वैशाखसम्म संकलन भएको कुल राजस्व सरकारले लिएको लक्ष्यको तुलनामा ५३।९ प्रतिशत मात्रै हो ।

सरकारले यो वर्ष मात्रै १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अब दुई महिनामा सरकारले लक्ष्य पुरा गर्ने हो भने ६ खर्ब ४६ अर्ब ८९ करोड राजस्व उठाउनु पर्ने हुन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१