आगामी वर्षको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी

काठमाडौं । जेठ ५ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच मंगलबार बिहान भएको वार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्, बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई तय भएकाले त्यसपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।