हेटौंडामा जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडा तर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप र चालकलाई पक्राउ गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१