• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सलमान खानकी बहिनी अर्पिताको घरबाट ५ लाखको गहना चोरी

काठमाडौं । बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरमा चोरी भएको छ ।

उनको घरबाट ५ लाख भारूको गहना चोरी भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ ।

गहना चोरी भएपछि अर्पिताले खार प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । छानबिनको क्रममा प्रहरीले उनकै घरमा काम गर्ने सन्दिप हेगडेलाई पक्राउ गरेको छ ।

सन्दिपले १६ मेमा ५ लाख पर्ने हिराको झुम्का चोरेका थिए । प्रहरीले उक्त रात नै सन्दिपको घरबाट झुम्का बरामद गरेको हो ।

सन्दिप अर्पिताको घरमा ४ महिनादेखि काम गरिरहेका थिए । सन्दिप बाहेक अर्पिताको घरमा अन्य ११ जना पनि काम गर्छन् ।