• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आजबाट प्रसारण हुँदैछ ‘सक्किगोनि सिजन – ३’

काठमाडौं । हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ आजबाट प्रसारण हुँदैछ । पहिलो र दोस्रो सिजनको सफलता पश्चात केहि महिना विश्राम रहेको ‘सक्किगोनि’ को तेस्रो सिजन भने बिहिबारबाट पुन : प्रसारण हुने भएको हो ।

केही दिनअघि ‘सक्किगोनि’ को टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको थियो। मार्मिक टिजर सार्वजनिक गरे पनि ‘सक्किगोनि’ हाँस्य विधामा बन्ने बताएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको ‘सक्किगोनि’ मा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन्।

आज बेलुका ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुनेछ भने युट्युब च्यानलमा बेलुका ९ बजे इएच डिजिटलमा प्रसारण हुनेछ।