• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गायिका निशा देसारको नयाँ गीत ‘के दोष’ सार्वजनिक

काठमाडौं । गायिका निशा देसारले आफ्नो नयाँ गीत ‘के दोष’ ल्याएकी छन् । शान्ती अधिकारीको शब्द रहेको रहेको स्याड भर्सनको गीतमा लाल श्रेष्ठको शब्द तथा राजकुमार मालाकार प्रकाश केसी एरेन्ज रहेको छ ।

गीतको भिडियोमा रमेश बुढाथोकी, मञ्जिता केसी, सुनिल पुरी, रानु निरौला, रोजी बर्देवा लगायको अभिनय छ । गीतको भिडियोमा ट्रयाजेटी प्रेमकथा देखाएन खोजिएको छ ।

जयन्द्र कुवँरको छायाँकन, अच्युत बजगाईको सम्पादन रहेको भिडियोमा रमेश कोइरालाले निर्देशन गरेका हुन् ।