
काठमाडौं । कुनै बेलाकी सर्वाधिक चर्चित अभिनेत्री बिपना थापा नेपाल आएकी छिन् । उनी हिजो बिहीबार भारतबाट नेपाल आएकी हुन् ।
बिपना शनिवार आयोजना हुने ‘स्पर्श म्युजिक भिडियो’ अवार्डमा विशेष सम्मान थाप्न नेपाल आएकी हुन् । नेपाल आएकी विपनाले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अब आफूले निरन्तर फिल्ममा काम गर्ने बताएकी छिन् ।
उनले भनिन्–‘अब छोरा ठूलो भइसकेको छ । यसैले, म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’
विपनाले फिल्म ‘ह्रस्व दीर्घ’ साइन गरेकी छिन् । यो फिल्मको दोस्रो चरणको छायांकनमा विपना जोडिने छिन् । विपनाले अरु केही फिल्ममा पनि कुरा भैरहेकाले आफूलाई सुहाउँदो भूमिका आएको खण्डमा काम गर्ने बताएकी छिन् ।
एक दशक भन्दा अगाडि नेपाली फिल्म क्षेत्रमा विपनाको राम्रो क्रेज थियो । उनले अभिनय गरेका थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । उनै, विपना बिहे गरेपछि भने भारतमा बस्न थालेकी हुन् । यसपछि भने विपनाको फिल्ममा उपस्थिति हुन छाडेको हो ।
उनी आउँदो मङ्गलवार नै भारत फर्किँदै छिन् ।