• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रेशम चौधरीलाई माफी दिने प्रस्ताव : शितलनिवासबाट सिंहदरबार फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ।

राष्ट्रपति कार्यालयले रेशम चौधरीबारे गृहमा पठाएको निवेदनमा दुई मुख्य समेटिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए।

यसैगरी उनका अनुसार पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका लागि गृहमा फिर्ता गरिएको हो।