
काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी बोदेबरसाईन न.पा.वडा नं.१४ घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं.२२ सुन्धारा बस्दै आएका २३ बर्र्षीय धर्मेन्द्र कुमार साह रहेका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत केटि साथि बनाई कुराकानी गरी नजिक भई केटि साथीकै अनुमति बिना मोबाईल चलाई निजको मोबाईल बैकिङ तथा खातामा पहुँच पु¥याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न साहलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।