• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अटिजममा आधारीत फिल्म ‘मीरा’ को पोस्टर सार्वजनिक

काठमाडौं । अनिता पण्डितले निर्देशन गरेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा दुई महिला र एक बालिकालाई देखाइएको छ । पोस्टरमा अभिनेत्री सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई देख्न सकिन्छ ।

फिल्ममा एक बच्चामा देखिएको अस्वभाविक मानसिक स्थिति (अटिजम) को समस्यालाई देखाइने छ ।

‘अटिजम भनेको कुनै रोग होइन । कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्द हामीले फिल्ममा कथा उठान गरेका छौं । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग फिल्ममा पाइन्छ,’ निर्देशक पण्डितले भनिन् ।

फिल्ममा सुरविना कार्की, अनिता पण्डित, निशान चौहान, कैलाश रावल, रोशनी कार्कीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक पण्डितले तयार पारेकी हुन् ।

आश्वि फिल्म्सले फिल्म निर्माण गरेको हो । यो फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।