
काठमाडौं । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।