मधेश प्रदेशका ८ जिल्लामा मिटरब्याजका १८ हजार बढी उजुरी

काठमाडौं । गएको वैशाख १७ गते मिटर ब्याज जाँचबुझ आयोग गठन भएपछि हालसम्म मधेश प्रदेशका ८ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १८ हजार ७१ उजुरी परेको छ ।

जेठ २६ गतेसम्ममा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका गरी उक्त संख्यामा उजुरी परेको हो ।

उजुरीमध्ये १३९ उजुरीमा छलफल भएको र १२६ उजुरीमा मिलापत्र भइसकेको छ । यस्तै, २ जनाको उजुरीमा मुद्दा दर्ता भएको छ । यसैगरी, १५९६१ उजुरी हेर्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ । त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन् ।

सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१