
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।