
काठमाडाैं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ ।
केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि बाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफसी, क्रिमबेल र पिज्जा हट (KFC, Creambell and Pizza Hut) आउटलेटहरु सञ्चालनमा छन् ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै QR वा पिओएसमार्फत डेबिट/क्रेडि कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १०% (बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते सम्मका लागि ल्याएकाे हाे ।
बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।