काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक नयाँ बोनेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरू हुनेछ।
आजको बैठकमा संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल सुरू हुनेछ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।
यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रश्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।