बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ नै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१